नेप्सेले लघुवित्तको पहिलो शेयर कारोबारका लागि नेटवर्थदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । यसअनुसार कम्पनीको शेयर न्यूनतम ९२ रुपैयाँ ७२ पैसादेखि अधिकतम २७८ रुपैयाँ १६ पैसासम्मको रेञ्जमा कारोबार सुरु हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ सहित कूल ७ लाख ७५ हजार कित्ता शेयर सोमबार नेप्सेमा कारोबारका लागि सूचीकृत गरेको थियो।
गुराँस लघुवित्तले बैशाख १६ गते देखि २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशनमा गरी बैशाख २६ गते बाँडफाँड गरेको थियो। लघुवित्तको आईपिओमा ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले गोलाप्रथा मार्फत १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए।
धनकुटामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आईपिओ निष्काशन पछि चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस अघि नै संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको थियो।