तारागाउँ रिजेन्सी होटलको धितोपत्र स्थगन फुकुवा

May 28, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले तारागाउँ रिजेन्सी होटल (TRH) को धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ । धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचना समयमा नै उपलब्ध नगराएको भन्दै होटलको सूचीकरण स्थगन भएको थियो ।

नेप्सेले होटललाई धितोपत्र सूचीकरण विनियमावली २०७५ को व्यवस्थाहरु पुर्ण रुपमा पालन गर्न निर्देशन दिएको छ । यस अनुसार कम्पनीको कारोबार जेठ १४ गते मंगलबारबाट पुनः सुरु भएको हो ।

कम्पनीहरूले धितोपत्रको बजारमूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषण गर्दा नेप्से र सम्बन्धित कम्पनीबीच भएको सूचीकरण सम्झौता अनुसार पालना गर्दै यस्ता गतिविधि नदोहोर्याउन सचेत गराएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।