नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै, पूँजी बजारलाई कसरी सम्बोधन गर्ला ?

May 29, 2019 Merolagani

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले नयाँ आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्य आज संघीय संसदमा दिउँसो ४ बजे सार्वजनिक गर्दैछ। नेकपा सरकारले ल्याएको यो दोस्रो वार्षिक बजेट हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्ने बजेट वाम गठबन्धनको चुनावी घोषणापत्रमा आधारित रहि केही लोकप्रिय कार्यक्रमहरु समेटिने बुझिएको छ । 

ठूला पूर्वाधार विकास, विदेशी लगानीलाई प्रोत्साहित गर्ने, आन्तरिक उत्पादनलाई बढावा दिने, आयात प्रतिस्थापन, सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रममा जोड दिइने बुझिएको छ ।

यस बजेटले अर्थतन्त्र र पूँजीबजारलाई कसरी सम्बोधन गर्ला भन्ने चासो आम शेयर बजारका लगानीकर्तामा बढेको छ । हालको ७.५ प्रतिशत पूँजीगत लाभकरलार्ई पुनरावलोकन गर्ने, दुई तहको पूँजीगत लाभकरदर तय गर्ने, बैंक वित्तीय संस्था, बीमा र लघुवित्तहरुको मर्जरका लागि कर सहुलियत सहित मार्गनिर्देश गर्ने लगायतका विषयबस्तु बजेटमा पर्नसक्ने सम्भावना औंल्याइएको छ । 

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयका सल्लाहाकार र आफ्ना निकटवर्तिहरुलाई संलग्न गराएर बजेट बक्तव्य लेखेकाले त्यस सम्बन्धि विषयवस्तु बाहिरिएको छैन।

राष्ट्रिय योजना आयोगले करिब १५ खर्ब रुपैयाँको बजेट सिलिङ तोकेपनि बजेटको आकार साढे १५ खर्ब नाघ्ने भएको छ । सरकारले चालु आव २०७५/०७६ का लागि कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

स्रोतका अनुसार वित्तीय संघीयता र कार्यान्वयनको पहिलो बजेट कार्यान्यनको समीक्षा सहित ल्याइने आगामी बजेटमा राजश्व र करका दायरा गत वर्षको भन्दा केही बढ्ने छन् ।

चालू चालू आर्थिक वर्षको बजेट आएको एक वर्ष पुरा हुँदा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको सन्दर्भमा पूँजीगत खर्च बढाउने र बजेटमा कर्मचारीको तलबभक्ता १० देखि २५ प्रतिशतसम्म वृद्धि हुने संकेत छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।