सिभिल बैंकमा कसले पाए मर्जर प्रक्रियाको अगुवाई गर्ने जिम्मा ?

May 29, 2019 Merolagani

सिभिल बैंक (CBL) ले हालैको साधारणसभाबाट मर्जर, एक्विजिशन र विदेशी रणनीतिक साझेदारीमा जाने अख्तियारी संचालक समितिलाई दिएपछि त्यससम्बन्धी मुख्य जिम्मेवारी दुई जना संचालकले पाएका छन् ।

सिभिल बैंकको हालै बसेको संचालक समितिको बैठकले संचालकहरु प्रतापजंग पाण्डे र अमिर बोगटीलाई मर्जर तथा एक्विजिशनको साझेदारको टुंगो लगाउन आबश्यक पहल गर्ने जिम्मेवारी दिएको बताईएको छ ।

सिभिल बैंक सुत्रले मर्जर तथा एक्विजिशनमा जान प्रारम्भिक चरणका कुराहरु अगाडि बढाई त्यससम्बन्धी समिति गठन गरिएको जनाएको छ। समितिमा कर्मचारीको तर्फबाट सदस्य चयन हुन बाँकी छ । 

मर्जर तथा एक्विजिशनमा जान चेपुवामा परेको एउटा बैंकले सिभिलसँग प्रारम्भिक चरणको कुरा गरेको बुझिएको छ ।

आठ अर्ब चुक्ता पूँजी, एक अर्ब ६३ करोड जगेडा कोष, ३९ अर्ब निक्षेप र ४१ अर्ब कर्जा प्रबाह गरेको बैंकको निस्क्रिय कर्जा अनुपात बढेर ३.९७ प्रतिशत पुगेको छ। बैंकले यस बर्षको तेस्रो त्रैमाससम्म ४९ करोड खुद नाफा गरेर प्रतिशेयर आम्दानी ६ रुपैयाँ कायम गरेको छ ।

विगतमा आईएलएफसी, हामा फाईनान्स जस्ता कम्पनीहरुलाई आफुमा मिसाएको सिभिलको अबस्था सुध्रिन नसकेपछि बलियो कम्पनीसँग फेरि मर्जरमा जानुपर्ने दबाबमा परेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।