बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड, ९ खर्ब ८१ करोड राजस्व उठाउने लक्ष्य

May 29, 2019 merolagani

सरकारले आागामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख पैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका छन् ।

कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड  अर्थात ११ प्रतिशत रकम बिनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका स्रोतमध्ये राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड , वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख बेहोरिने भएको छ ।

प्रस्तुत बजेट ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख घाटा बनाइएको छ । घाटा बजेट वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड  पूर्ति गरिने उल्लेख छ । भने १ खर्ब ९५ अर्ब पूर्ति गर्न आन्तरिक ऋणबाट बेहोरिनेछ ।

आगामी आर्थिक बर्षमा ८.५ प्रतिशत आार्थिक वृद्धिदर र ६ प्रतिशत मुद्रास्फीति रहने प्रक्षेपण गरिएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।