विद्युतीय कार्डबाट भुक्तानी गर्दा छुट नै छुट

May 29, 2019 Merolagani

विद्युतीय कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुटको पाइने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भुक्तानी रकममा छुट पाउने व्यवस्था गरिएको बताए।

मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड वा वित्तीय माध्यामबाट भुक्तानी गरेर उल्लेखित मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम भुक्तानी कर्ताको बैंक खातामा जम्मा हुने भएको हो ।

यसैगरी सबै प्रकारको धितोपत्र र ऋणपत्रको दोस्रो बजार कारोबार विद्युतीय प्रणालीमार्फत गर्न विद्युतीय प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने योजना सरकारले ल्याएको बजेमा समेटिएको छ ।

बजेटले यात्रुहरुले सार्वजनिक यातायातमा शुल्क तिर्न विद्युतीय कार्डको व्यवस्था गरेको छ। ठूला यात्रु क्षमताका सार्वजनिक सवारीसाधन सञ्चालनलाई प्रोत्साहिन गरिने बजेटमा उल्लेख छ ।

यस्तै नेशनल पेमेन्ट गेटवेको स्थापनालाई अगाडि बढाउने, नगद कारोबारलाई क्रमश न्यूनीकरण गरिने, भुक्तानी प्रणालीमा सुरक्षित कार्ड र इन्टरनेको प्रयोगलाई प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।