इन्भेष्टमेन्ट बैंकले ल्यायो २ अर्बको ऋणपत्र, लगानी गर्नेलाई के फाईदा ?

May 30, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले यहि जेठ २४ गतेदेखि प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा दुई अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ। लगानीयोग्य रकमको अभाव र पूँजीकोषमा दबाब सिर्जना भएपश्चात बैकले सात वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गर्ने ‘१०.५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।

यसमा लगानी गर्नेले शेयर बजारमा शेयरको मूल्यजस्तो सम्पत्तिमा घटबढ नहुने, लगातार वार्षिक १०.५ प्रतिशत ब्याजदर भईरहने, बैंक तथा वित्तीय संस्थाहरुमा ऋणपत्र धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने विशेषता छ।

इन्भेष्टमेन्ट बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो। कूल २० लाख ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने ६० प्रतिशत अर्थात १२ लाख इकाई बैंकले व्यतिगत तवरबाटै बिक्री गर्नेछ ।

सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन हुने ७ वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात दश करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्। ऋणपत्रमा आवेदन दिन म्याद छिटोमा जेठ २८ र ढिलोमा असार २२ गतेसम्म रहेको छ ।

बैंकहरुलाई लगानीयोग्य रकम अभाव भएपश्चात केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो।

अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले प्राथमिक पूँजीको शत प्रतिशत ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको छ।

पछिल्लो समयमा लगानीयोग्य रकमको अभाव र पूँजीकोष अनुपातमा दबाब सामना गरेका बैंकहरुले ऋणपत्र निष्काशन तिब्र बनाएका छन् । तर सर्वसाधारण लगानीकर्तामा यसप्रतिको आकर्षण कम हुँदा ऋणपत्र बिक्री हुन नसकेर अन्तिम समयसम्म कुर्दा पनि बिक्री प्रबन्धकहरु निराश छन्। पछिल्लो पटक २ अर्बको ऋणपत्र बिक्रीमा ल्याएको नेपाल बंगलादेश बैंकले यस्तै अवस्था सामना गर्नुपरेको अवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।