इन्फिनिटी लघुवित्तको आईपिओको माग उच्च, ३ लाख ३२ हजारले गरे आवेदन

May 31, 2019 Merolagani

इन्फिनिटी लघुवित्त वित्तीय संस्था (INFINITY) ले निष्काशन गरेको आईपिओमा अत्याधिक आवेदन परेको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार लघुवित्त कम्पनीको आईपिओमा ११.८६ गुणा बढी आवेदन परेको छ।

क्यापिटलका अनुसार जेठ १७ गते शुक्रबार बिहान १० बजेसम्ममा ३ लाख ३२ हजार ९७५ आबेदनबाट ६८ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४३ हजार कित्ता शेयर माग भएको हो । 

लघुवित्तको आईपिओमा ६८ करोड ४३ लाख रुपैयाँ बराबरको आबेदन परेको छ । जुन सर्वसाधारणलाई निष्काशन गरेको ६ करोड २९ लाख ९३ हजार रुपैयाँ बराबरको ६ लाख २९ हजार ९३० कित्ता शेयरको ११.८६ गुणा बढी हो ।

लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबार सम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत अर्थात कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

जसमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ भने बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार लघुवित्तको आईपिओ ६२ हजार ९९३ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् । 

गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिका वडा नं ०२ कालीगण्डकी चोकमा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । इन्फिनिटीको आईपिओ बिक्रीपछि २० करोड ७४ लाख पुग्नेछ । लघुवित्तको अधिकृत पूँजी ५० करोड रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।