नेपाल इन्स्योरेन्सको लिलामीको शेयर उठाउने आइतबार अन्तिम अवसर

Jun 02, 2019 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले लिलामीमा ल्याएको एक लाख ४७ हजार १३० कित्ता शेयरमा आवेदन गर्ने आइतबार अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रदमा अवितरित एक लाख ४४ हजार ५९१ कित्ता सर्वसाधारण र २ हजार ५११ कित्ता संस्थापक शेयर जेठ ५ गतेदेखि लिलामीमा ल्याएको थियो।

लिलामी शेयरमा सहभागि हुन इच्छुक लगानीकर्ताले आइतबार कार्यालय समयभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

यस कम्पनीको जेठ १६ गते बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ३८६ रुपैयाँमा शेयर कारोबार भएको छ । 

ग्लोबल आईएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर, जमल काठमाडौं र ग्लोबल आईएमई बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणढ, पोखरा, बुटवल मिलन चोक, वीरगञ्ज, बाग्लुङ, घोरही दाङ, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालयहरुमा बोलपत्र बुझाउन सकिनेछ ।

बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन गर्न सकिनेछ । लिलामी शेयरमा प्रति कित्ता न्युनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नु पर्दछ ।

इन्स्योरेन्सले फागुन २१ गतेदेखि चैत २५ गते सम्म चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। त्यस बेला नबिकेको हकप्रद इन्स्योरेन्सले लिलामीमा ल्याएको हो।

हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।