कम्पनी सञ्चालक समितिको जेठ १७ गते सम्पन्न २४१ औं बैठकले जेठ २८ देखि असार ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार जेठ २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन्।
धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५८७ रुपैयाँमा कारोबार भएको छ ।कम्पनीले कम्पनीको रजिष्ट्रार कार्यालय विराटनगरमा असार ११ गते बुधबार एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ।
बैशाख २७ गते सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो।
उक्त लाभांश साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ। बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ।