कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
कम्पनीले यसअघि नै २० प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गरिसकेको छ। लघुवित्तको उक्त बोनस तथा लाभांश गत पुस २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभा प्रयोजनका लागि बुकक्लोज गरेको दिन पुस १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र पाउनेछन्।
सूचीकरणसँगै शेयरधनीहरुले कम्पनीको बोनस धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन्। लघुवित्तको प्रतिकित्ता शेयरमूल्य एक हजार ४७० रुपैयाँ हाराहारीमा नेप्सेमा कारोबार भैरहेको छ ।