बजार दोहोरो अंकले घट्दा शेयर मूल्य बढ्ने यस्ता छन् कम्पनी

Jun 03, 2019 Merolagani

शेयर बजारका कारोबारीहरु नाफा सुरक्षित गर्ने होडमा लाग्दा सोमबारको शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकम समेत खुम्चिएको छ । बजार दोहोरो अंकले घट्दा अधिकांस कम्पनीको शेयर मूल्य घट्दा केही साना कम्पनीहरुको भने शेयर मूल्य बढेको छ ।

सोमबार नेप्से सूचक १२.८४ अंकले घटेर १२९२.८४ अंकमा झरेको छ । यो साताको दुई दिनमा कारोबारमा नेप्से सूचका २३ अंक बढीको गिरावट आएको छ ।

नेप्से सूचक घटेसँगै कारोबार रकम पनि ६९ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ। आइतबार शेयर बजारमा १३ अंकले गिरावट हुँदा ७५ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । १ सय ७१ वटा कम्पनीको कारोबार हुँदा १२९ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने २३ वटाको मात्र बढेको छ।

शेयर मूल्य बढ्नेमा अधिकांस साना कम्पनीहरु देखिएका छन् । तारा गाँउ रेजन्सी होटलको शेयर मूल्य सबैभन्दा धेरै साढे सात प्रतिशतले उकालो लागेको छ । गुराँस लघुवित्त, कन्काई विकास बैंक, रिलायन्स फाइनान्स, मल्टिपर्रपोज फाइनान्स, सिन्धु विकास तथा कणाली विकास बैंक लगायत २३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।

बजेट अगावै बढेको बजारमा अल्पकालिन नाफा बुक गर्नेहरु सक्रिय हुँदा शेयर बिक्रीको चापले बजार ओरालो लागेको हो । जसले गर्दा कारोबारमा आएका सबै समूहका सूचक राताम्मे बनेका छन् ।
यस दिन सबैभन्दा धेरै एनआइसी एशिया बैंकको ९ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ६ करोड रुपैयाँको कारोबार भएको छ।

यसदिन पाँचथर पावरको शेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट, वल्र्ड मर्चेन्ट, माउन्ट हाइड्रो तथा स्पर्श लघुवित्त लगायतको शेयर मूल्य घटेको छ ।


comments powered by Disqus

धितोपत्र बजार पूँंजीकरण ७.३% वृद्धि, करिब ५८ अर्ब रुपैयाँ धितोपत्र नेप्सेमा सूचीकृत

Jul 19, 2019 06:54 PM

धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ७.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ जेठ मसान्त सम्ममा धितोपत्र पूँजीकरण १५ खर्ब ७९ अर्ब ३९ करोड कायम भएको हो।