ङादी ग्रुप पावरको नाफा घट्यो, वित्तीय विवरण प्रकाशनमा ढिलाई

Jun 04, 2019 Merolagani

बैशाख मसान्तभित्र तेस्रो त्रैमासको वित्तीय विरण प्रकाशन गरिसक्नुपर्ने व्यवस्था रहेकोमा ङादी ग्रुप पावर (NGPL) ले २१ दिन ढिला गरेर वित्तीय विवरण प्रकाशन गरेको छ ।

ङादी ग्रुप पावरको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.५३ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा ४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।


विद्युत विक्री मार्फतको आम्दानी घटेकाले र आयोजना खर्च बढेकाले कम्पनीको नाफामा गिरावट देखिएको हो ।

गत वर्षको यसै अवधिमा विद्युत बेचेर १० करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ६६ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको आयोजना खर्च ७ लाख ८३ हजार रुपैयाँले बढेको छ ।

कम्पनीले अन्य स्रोत मार्फत ११ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी १० रुपैयाँ ३८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ११.५६ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।