दुई आर्थिक बर्षको लेखापरीक्षण प्रतिबेदन स्वीकृत भएपछि मात्र लाभांश घोषणा गर्न पाउनेमा अघिल्लो आर्थिक वर्ष २०७३/ ०७४ लेखापरीक्षण प्रतिबेदन स्वीकृत भईे साधारण सभा गर्न राष्ट्र बैंकबाट उसले स्वीकृति प्रदान पाईसकेको छ ।
केही समय अघि उच्च अदालत पाटनले एनसीसी बैंकका सबै मुद्धालाई पाखा लगाएसँगै बैंकलाई केन्द्रीय बैंकले विवादित आर्थिक वर्षको साधारण सभा गर्न बाटो खोलिदिएको थियो ।
एनसीसी स्रोतका अनुसार बैंकले बक्यौता दुवै आर्थिक वर्षको साधारण सभा एकै पटक आह्वान गर्नेछ । अहिले बैंकको चुक्ता पूँजी ७ अर्ब एक करोड ८५ लाख रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी कायम गर्न बैंकले अझै ९९ करोडले पूँजी वृद्धि गर्नुपर्ने बाध्यता छ । यस आधारमा बैंकले बक्यौता वर्षहरुको कमाईबाट कम्तीमा पनि १५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्नु पर्ने हुन्छ ।
एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम, इन्टरनेशनल डेभलपमेण्ट बैंकलाई विलय गरे यता बाहिर आएका घोटाला काण्डले बैंकले नियमित साधारण सभा गर्न सकेको थिएन । आर्थिक वर्ष २०७३/०७४ मा अनिवार्य रुपमा विबरण गर्नु पर्ने बोनसलाई समेत एकीकृत गरेर बैंकले राम्रै प्रतिफल प्रस्ताव गर्ने कुरामा लगानीकर्ता आशावादी छन् ।