हिमालयन हाइड्रोको साढे २२ करोडको आईपिओ आउने, जनता क्यापिटल बिक्री प्रबन्धक

Jun 04, 2019 Merolagani

हिमालयन हाइड्रोपावर लिमिटेडको साढे २२ करोडको प्राथमिक शेयर (आईपिओ) जनता क्यापिटल मार्फत निष्काशन हुने भएको छ। जेठ २१ गते मंगलबार भएको आईपिओ निष्काशन सम्झौतामा हाइड्रोका सञ्चालक शिवकृष्ण श्रेष्ठ र क्यापिटलका कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरेका छन्।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशनका लागि जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।

कुल निष्काशित आईपिओमध्ये ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। १३ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।

हिमालयन हाइड्रोले कुन जिल्लामा कति मेगावाटको आयोजना निमार्ण गरिरहेको छ र  आयोजनामा लाग्ने लागत र अन्य प्रगति विवरणबारे भने केही खुलाइएको छैन। यस सम्बन्धी जानकारी हासिँल गर्न प्रयास गर्दा कम्पनीका अधिकारीहरुसँग सम्पर्क हुन सकेन। 

जनता बैंकको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटलले जनता बैक र स्पर्श लघुवित्तको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोबार सुरु गरिसकेको छ भने चाँडै नै लगानी व्यवस्थापन सेवा समेत सञ्चालन गर्ने बताएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।