इन्फिनिटी लघुवित्तको आईपिओ पाउन पनि भाग्यकै भर !

Jun 05, 2019 Merolagani

इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथामिक शेयर (आईपिओ) बुधबार बिहान १० बजे बाँडफाँड गरिने भएको छ। मागभन्दा अत्याधिक आवेदन कारण कम्पनीको आईपिओ प्राप्त गर्न पनि भाग्यकै भर पर्नुपर्ने अवस्था छ ।

सर्वसाधारणबाट ६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गरिएकोमा साढे ११ गुणा बढीको माग आवेदन परेको छ। 

लघुवित्तको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार लघुवित्तको आईपिओमा ६८ करोड रुपैयाँ बराबरको ६८ लाख बढी कित्ता शेयर माग भएको छ। ३ लाख ३२ हजार ९७५ आवेदनबाट सो माग भएको हो। 

क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले आईपिओ बाँडफाँड हुनेछ । 

यसअनुसार आईपिओमा आवेदन गरेका एक सय जना आवेदकमध्ये १९ जनाले मात्र लघुवित्तको आईपिओ प्राप्त गर्नेछन् भने ८१ जना आवेदकको हात खाली हुने निश्चित देखिन्छ।

लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको थियो। कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।