राष्ट्र बैंकको नीति अनुसार ग्रामिण क्षेत्रमा विषेशगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गरी थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उदेश्यले कान्काई विकास बैंकलाई एक्विजिसन गर्ने सहमति भएको बैंकले जानाएको छ ।
सम्झौतापत्रमा प्राइमको तर्फबाट संचालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईको तर्फबाट संचालक समितिका अध्यक्ष सेवक दहालले हस्ताक्षर गरेका हुन् ।
प्राइम बैंकका अध्यक्ष श्रेष्ठले कन्काईलाई प्राप्ति पछि बैंकको निक्षेप र लगानी धेरै अगाडि पुग्ने बताए । उनले भने, ‘कन्काई प्राप्तिपछि शेयरधनीलाई कसरी अधिकतम लाभांश दिने भन्नेमा बैंकको ध्यान केन्द्रित हुनेछ । अझ राम्रो प्रतिफल दिन सकिन्छ भन्ने मेरो विश्वास हो । लगानीकर्तालाई हामी विश्वास दिलाउन चाहन्छौ कि नयाँ बेहुली भित्र्याएपछि प्राइम अझै सबल बैंकका रुपमा स्थापित हुनेछ ।’
यस्तै कन्काई विकास बैंकको अध्यक्ष सेवक दाहालले दूई संस्था मिलेपछि नयाँ उत्साह थपिएको बताए । एक र एक जोडेर दुई नभई ११ को नतिजा ल्याउने बताए ।
कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइम बैंकको शाखा संजाल ८९ पुग्नेछ ।
सम्झौता कार्यक्रममा स्वाप रेसियो नखुले पनि स्रोतका अनुसार ७० प्रतिशत स्वाप रेसियो कायम हुने गरी सम्झौता भएको हो ।
हाल प्राइम बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपैयाँ छ ।