कम्पनीले संस्थापक शेयर सर्कान चाहने इच्छुक लगानीकर्ताले उक्त शेयरमा जेठ २३ गते (आज) कार्यालय समयभित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्यमा बोलकबोल गर्नुपर्नेछ। लिलामीका लागि न्यूनतम ३ हजार कित्तादेखि अधिकतम कित्तासम्म माग गर्न सकिनेछ। बैंकको संस्थापक शेयर मंगलबार प्रतिकित्ता ५०५ रुपैयाँमा कारोबार भएको छ ।
उक्त लिलामीको बोलपत्र जेठ २४ गते बिहान १०:३० बजे एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा खुला गरिने बताइएको छ ।
बैंकमा राष्ट्रिय बीमा कम्पनी, महालक्ष्मी इन्भेष्टमेन्ट, छायाँ इन्भेष्टमेन्ट, केयुपि र सोफिला इन्भेष्टमेन्टको ६ प्रतिशत धेरै शेयर स्वामित्व रहेको छ भने ०.५ प्रतिशत माथि स्वामित्व रहेको अन्य व्यक्ति तथा संस्था यसप्रकारको रहेका छन्।
साथै बैंकले जेविल्स फाइनान्सलाई १०० शेयर बराबर ३३ अनुपातमा एक्वीजिशन गर्दैछ ।