कामना सेवा मर्जर/एक्विजिशनमा जान इच्छुक, डाक्यो साधारण सभा

Jun 06, 2019 Merolagani

कामना विकास बैंक र सेवा विकास बैंक मर्जभई एकिकृत बनेको कामना सेवा विकास बैंक (KSBBL) थप मर्जर तथा प्राप्तीमा जान इच्छुक देखिएको छ।

बैंकले असार १४ गते बिहान ११ बजे कालिकास्थानको अमृतभोग क्याटरिङ्गमा बोलाएको १२ औं वार्षिक साधारण सभामा लाभांशको अलावा बैंकले साधारण सभाबाट सञ्चालक समितिलाई राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धी सम्पुर्ण काम गर्ने अख्तियारी दिने भएको हो। 

साधारण सभाले गत आव २०७४।७५ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १.५० प्रतिशतले कायम हुन् आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुैपैयाँ बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन् आउने २० करोड २ लाख १२ हजार ४४१ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड हाराहारीमा पुग्नेछ ।

कामना विकास बैंक र सेवा विकास बैंक मर्जभई एकिकृत कारोबार गर्दाको दिन भन्दा अघिल्लो दिन अर्थात २०७४ साउन १९ गते सम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने बोनस तथा नगद लाभांशमा कर नलाग्ने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले जेठ ३१ गते देखि असार १४ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ ३० गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।