इन्भेष्टमेन्ट बैंकले जेबिल्सलाई प्राप्ति गर्न असार ६ गते डाक्यो विशेष साधारण सभा

Jun 06, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले जेविल्स फाइनान्सलाई प्राप्ति (एक्वीजिशन) गर्ने प्रस्ताव पारित गर्न अगामी असार ६ गते विशेष साधारण सभा बोलाएको छ।

बैंकले असार ६ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष साधारण सभा बोलाएको हो।

बैंकले फाइनान्सलाई एक्वीजिशन गर्ने प्रयोजनको लागि जेविल्स फाइनान्सको चलअचल सम्पत्ति तथा दायित्व मूल्याङ्गन प्रतिवेदन (डीडीए) गर्न लेखा परिक्षक मूल्याङ्कन कर्ता नियुक्ती सम्बन्धमा पनि छलफल गर्ने तयारी गरेको छ ।

एक्वीजिशन पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ। एक्वीजिशन सम्बन्धी सम्पुर्ण प्रस्तावहरु पनि साधारण सभाबाट पारित हुनेछ।

विशेष साधारण सभा प्रयोजनको लागि बैंकले जेठ २९ गते बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार जेठ २८ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन्।

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००:३३ को अनुपातमा एक्वायर गर्ने भएको हो। जस अनुसार जेविल्स फाइनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन्।

अहिले इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ तथा जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ। जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोडले बढ्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।