एशियन लाईफको दुई लाख २१ हजार कित्ता शेयर लिलामीमा आउने, साधारण कति ?

Jun 06, 2019 Merolagani

एशियन लाईफ इन्स्योरेन्स (ALICL) ले जारी गरेको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रदमा बिक्री नभएको  दुई लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयर  लिलामीमा आउने भएको छ । 

लिलामीमा आउने शेयरमध्ये दुई लाख १८ हजार ९३९ दशमलव ०३ कित्ता सर्वसाधारण र दुई हजार ४२० दशमलव ७० कित्ता संस्थापक समूहको रहेको छ।

कम्पनीले २०७५ फागुन २१ गतेसम्म कायम शेयरधनीलाई लागि २०७५ चैत २६ देखि २०७६ बैशाख २९ गतेसम्म दश बराबर ६ कित्ता अनुपातमा कूल ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गरेको थियो।

जसमध्ये दुई लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयर अवितरित भएपछि लिलामी मार्फत बिक्री गर्ने भएको हो। धितोपत्रको दोस्रो बजारमा कम्पनीको सर्वसाधारण शेयर प्रतिकित्ता ४०४ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको संस्थापक शेयर पछिल्लो पटक २६२ रुपैयाँमा कारोबार भएको छ ।

इन्स्योरेन्स कम्पनीको हकप्रदमा रितिपूर्वक आवेदन दिने १४ हजार ७८३ शेयरधनीलाई ७३ लाख १८ हजार ९९३ कित्ता शेयर जेठ २१ गते एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिले जेठ २१ गते बाँडफाँड गरेको हो

हकभन्दा बढी माग गरि दरखास्त दिने शेयरधनीलाई बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको भुक्तानी जेठ २७ गते मंगलबारदेखि हकप्रद आवेदन बुझाएको स्थानबाट हुने इन्स्योन्सको शेयर बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । चालु आवको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले पाँच करोड ४४ लाख रुपैषँ खुद नाफा आर्जन गरि प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।