ठूला कम्पनीले एक्वायर गर्ने हल्लाले सानाको भाउ बढ्यो, लगातार चौंथो दिन नेप्सेमा गिरावट

Jun 06, 2019 merolagani

साताको पहिलो दिनदेखि घट्न थालेकोे शेयर बजार लगातार चौथो दिन ओरालो लागेको छ । बजेट पछिको एक कारोबार दिनमा सकारात्मक रहेको बजार त्यसपछिका सबै दिनमा नकारात्मक देखिएको छ ।

अल्पकालिन फाइदा लिनेतर्फ लगानीकर्ता अग्रंसर बनेपछि धेरै कम्पनीको शेयरमूल्य घट्ने क्रम जारी छ । अर्कातर्फ ठूला कम्पनीहरुले एक्वायर गर्ने हल्ला चलाइएका केही साना कम्पनीहरुको शेयर मूल्य एकाएक बढाउन थालिएको छ ।

नयाँ बजेटले शेयर लगानीकर्तामा उत्साह जगाउने प्रयास गरेको शेयर लगानीकर्ताका विभिन्न संघमा आवद्ध नेताहरुले प्रतिक्रिया दिएका थिए । तर उनीहरुको आह्वान अनुसार शेयर बजार चल्न सकेन ।  

पूँजीगत लाभकर घटाउनदेखि बजार विकास र विस्तारका कार्यक्रम समेत घोषणा हुँदा पनि बजारमा नकारात्मक प्रभाव देखिनुले बजारका वास्तविक लगानीकर्तालाई बजेटले सकारात्मक सन्देश दिन नसकेको देखिन्छ ।

 

यो साता चार दिन खुलेको बजार चारै दिन ओरालो लागेर कारोबार समेत घटेको छ । 

बजारमा छोटो समयमा नै केही निश्चित कम्पनीहरुको शेयर मूल्यमा देखिएको अस्वभाविक वृद्धि र गिरावटले पनि नयाँ प्रविधिले समेत बजारको चलखेललाई नियन्त्रण गर्न नसकेको बुझिन्छ ।

यो साताको अन्तिम दिन विहीबार शेयर बजार ४.६९ अंकले ओरालो लागेको छ । आइतबार १३.७८, सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ३.५६ अंकले ओरालो लागेको थियो । बुधबार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रह्यो । विहीबार समेत गरी यो सातामा मात्र शेयर बजार झण्डै ३५ अंक तल झरेर १२८४.५९ अंकमा झरेको छ । यसदिन १७२ कम्पनीको ५८ करोड ८८ लाख बराबरको कारोबार भयो ।

कारोबारमा आएका अधिकांस समूहका सूचक ओरालो लागेका छन् । शिवम सिमेन्टको सबैभन्दा धेरै सात करोड बढीको शेयर किनबेच भयो । चार कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

यसदिन कर्पोरेट डेभलपमेन्ट, गुडविल फाइनान्स, वल्र्ड मर्चेन्ट तथा कर्णाली विकास बैंकको शेयर मूल्य बढेको छ । ठूला कम्पनीहरुले एक्वायर गर्ने हल्ला चलेपछि केही साना कम्पनीहरुको शेयर मूल्य बढाएर किन्नेहरुको चहलपहल भने बढेको छ । 

पाँचथर पावरको शेयर मूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले ओरालो लाग्यो  ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।