बैंकमा पैसा थुप्रिन थाल्यो, कर्जा प्रवाहमा संयमित बने बैंकहरु

Jun 07, 2019 Merolagani

कर्जा विस्तारमा आक्रामक  नीति अबलम्वन गरेका बैंकहरु जेठ महिना लागेपछि संयमित हुन थालेका छन् भने निक्षेप थपिने क्रम समेत बढेको छ। सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम केही बढाएर बैंकहरुले कर्जा प्रबाहमा संयमता अपनाएपछि तरलताको अवस्था सहज बन्न थालेको छ। 

बैंकहरुले गत वैशाखको अन्तिम साताबाट कर्जा विस्तारमा संयमता अपनाएका थिए । सो क्रमले जेठको तेस्रो सातासम्म पनि निरन्तरता पाएको छ। जेठ महिनामा मात्रै बैंकहरुमा ३४ अर्ब निक्षेप थपिएको छ । यस अवधिमा बैंकहरुले १२ अर्ब मात्र कर्जा विस्तार गरेका छन् ।

बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको थियो । सिसिडि रेसियो तोकिएको सीमा भन्दा माथि पुग्ने भएपछि बैंकहरुले कर्जा विस्तार रोकेका छन् भने निक्षेप संकलनमा जोड दिएका छन् । अधिकाश वाणिज्य बैंकहरुको पूँजी, कर्जा तथा निक्षेप (सिसिडि) अनुपात ८० को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ ।

केही दिन अघि बैंकहरुमा २७ अर्ब अधिक तरलता र अन्तर बैंक ब्याजदर साढे ७ प्रतिशत थियो। 

चालु आर्थिक वर्षको जेठ १७ गतेसम्ममा बैंकहरुले कुल २७ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २७३ अर्ब निक्षेप थपिएको छ भने ३४८ अर्ब कर्जा परिचालन गरेका छन् ।

एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ७५ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।