जेठ २६ गते आइतबार पनि शेयर कारोबार नहुने

Jun 07, 2019 Merolagani

जेठ २६ गते आइतबार पनि  शेयर बजार बन्द रहने भएको छ । सरकारले जेठ २६ गते आइतबार भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले शेयर बजार बन्द हुने भएको हो ।

आइतबार वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिईएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार उपत्यकामा विदा हुने भएपछि उपत्यका बाहिर रहेका शेयर दलालको कार्यालयबाट समेत शेयर कारोबार हुँदैन ।


comments powered by Disqus

नेप्सेमा सुचीकृत ८२ कम्पनीको कारोबार रोक्का, ठूला कम्पनीले नै तिर्दैनन् नविकरण शुल्क

Oct 18, 2019 06:00 PM

नेपाल स्टक एक्सचेन्जले ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सुचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का भएको हो ।