आइसिएफसि फाइनान्स गोंगबु शाखाको निःशुल्क स्वास्थ्य शिविर

Jun 07, 2019 merolagani

आइसिएफसि फाइनान्स (ICFC) गोंगबु शाखाले महिलाहरुका लागि निःशुल्क स्वास्थ्थ परिक्षण शिविर संचालन गरेको छ । नेपाल क्यान्सर केयर फाउण्डेसनको संयुक्त आयोजनामा संचालित उक्त शिवरमा डेढ सय बढीले स्वास्थ्य जाँच गरेको कम्पनीले जनाएको छ ।

आइसिएफसिले जेठ २४ गते शुक्रबार ह्वाईट हेभेन स्कूल, मित्रनगर, सामाखुसी, काठमाण्डौंमा निःशुल्क परिक्षण शिवर संचालन गरेको थियो ।

जहाँ ३० बर्ष देखी ६० बर्ष उमेरसम्मका विवाहित महिलाहरुका लागि स्त्री रोग बिशेषज्ञद्धारा पाठेघर मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परिक्षण सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।

उक्त परिक्षणमा त्यस क्षेत्रका करिव १५० सय भन्दा बढी महिलाहरुले आफ्नो स्वस्थ्य जाँच गराई सेवा उपभोग गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।