प्रारम्भिक तथ्यांक अनुसार सर्वसाधारण शेयरको कटअफ ३५६ रूपैयाँ कायम भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
साधारण शेयरमा ८ सय ९० जनाको आवेदन परेको थियो । संस्थापक शेयर भने एक जनाले मात्र पाएका छन् ।
इन्स्यारेन्सको साधरण शेयर जेठ २३ गते बिहीबार प्रतिकित्ता ३८२ रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल इन्स्योरेन्सले फागुन २१ गतेदेखि चैत २५ गते सम्म चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रूपैयाँको ६५ प्रतिशत कार दरले हुन आउने ४० करोड १४ लाख रूपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । उक्त समयमा नबिकेको हकप्रद इन्स्योरेन्सले लिलामीमा ल्याएको हो ।
हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रूपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १३ करोड ५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २८ रूपैयाँ २० कायम गरको छ ।