जेठ २४ गते शुक्रबार काठमाडौमा भएको होटलको २२ औं बार्षिक साधारणसभामा शेयधरनीहरुले होटलको कारोबार अपारदर्शी रहेको, समयमा बित्तीय विवरण प्रकाशन र साधारण सभा हुने नगरेको, सरकारसँग मुद्धा मामिलाको अबस्था टुंगो लगाउँने प्रयास नगरेको भनी ब्यापक आलोचना गरेपछि ब्यवस्थापन पक्षले तीब्र सुधारगर्ने प्रतिबद्धता जनाएको हो ।
साधारण सभामा शेयरधनी दिनेश हुमागाइँले तारा गाउँ नेपालका अरु होटल भन्दा धेरै ब्यवसाायिक संभावना भएको होटल भए पनि सुशासन र पारदर्शिताको अभावमा राम्रो प्रगति देखाउन नसक्नु दुखद भएको औल्याए ।
साधारणसभामा अध्यक्ष रराधेश्याम सर्राफ लगायतका अधिकारीहरुले शेयरधनीहरुले उठाएका कुराहरुमा सुधार गर्ने र आगामी दिनमा राम्रो प्रतिफल दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
२ सय ८८ कोठा रहेको तारा गाउँमा अहिले ७० प्रतिशत कोठाहरु पाहुनाहरुले भरिभराउ रहेको र प्रति कोठा ११ हजार रुपैयाँका दरले आय हुने गरेको जानकारी दिईएको छ ।
साधारणसभाले गत बर्षको खुद नाफाबाट १२.६३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।