आईपीओमा साउनदेखि बुक बिल्डिङ प्रणाली लागु हुने

Jun 08, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले प्राथमिक बजारमा बुक बिल्डिङ विधि कार्यान्वयन हुने बताएका छन् ।

धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष कार्कीले आगामी साउन महिना देखि प्राथामिक बजारमा ओपन बिडिड. र बुक बिल्डिङ विधि कार्यान्वयन हुने घोषणा गरे ।

प्राथमिक बजारमा बिल्डिङ सिस्टम ल्याउदा कम्पनीको आधार मूल्य एक सय रुपैयाँ हुने छ तर त्यसमा संस्थागत लगानीकर्ताले कम्पनीको शेयरलाई थप रकम बढाएर खरिद गर्न सक्ने छन् । त्यस्तै क्म्पनीले आफ्नो शेयरको मूल्य आफै तोकेर समेत शेयर निश्काशन गर्न पाउने छ ।

नेपालका लगानीकर्ताहरु बिल्डिङ सिस्टम भन्ने साथै आतिने गरेको तर यो अन्तराष्ट्रिय स्तरमा सफलताका साथ कार्यन्वयन भएको अध्यक्ष कार्कीले बताए ।

नेपालमा भने बिल्डिङ सिस्टम अध्ययनकै क्रममा रहेको र साउन महिना देखि लागु हुनसक्ने कार्कीले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।