सूर्या लाईफको बोनस पाउन सोमबारसम्म शेयरधनी बन्नुपर्ने

Jun 10, 2019 Merolagani

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी (SLICL) ले गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको बोनस सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो।

कम्पनी सञ्चालक समितिको बैठकले असार ११ गते आह्वान गरेको एघारौं वार्षिक साधारण सभा तथा वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ देखि असार ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ।

जसअनुसार जेठ २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन्। 

कम्पनी सञ्चालक समितिको जेठ १७ गते सम्पन्न २४१ औं बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जेठ २३ गते बिहीबार कम्पनीको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ५६७ रुपैयाँमा कारोबार भएको छ ।

कम्पनीको रजिष्ट्रार कार्यालय विराटनगरमा असार ११ गते बुधबार एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।