प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश वितरण नगरि शेयरधनीलाई थप्यो हकप्रदको बोझ

Jun 10, 2019 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले बीमा समितिले तोकेको न्यूनतम चुत्ता पूँजी कायम गर्न हकप्रदको सहारा लिने भएको छ। गत आवको साधारण सभा गर्न बाँकी रहेको कम्पनीले विशेष साधारण सभा मार्फत ६० प्रतिशत हकप्रद बिक्री गरि पूँजी कायम गर्ने भएको हो।

कम्पनी सञ्चालक समितिको जेठ २४ गते सम्पन्न १९२ औं बैठकले आगामी असार १० गते मंगलबार होटल इच्छा सिमरा बारामा विशेष साधारण सभा बोलाएको छ

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको प्रुडेन्सियल इन्स्योरेन्सले १० बराबर ६ अनुपातमा ३८ करोड ४९ लाख १२ हजारको हकप्रद जारी गर्ने विशेष प्रस्ताव गरेको छ।

यसैगरि प्रबन्धपत्र तथा नियमावली संसोधन गरि चुक्ता पूँजी वृद्धि गरि एक अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ कायम गर्ने तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा छ।

विशेष साधारण सभाका लागि कम्पनीले असार २ गतेदेखि शेयर दाखिला खारेज गर्ने भएकाले असार १ गतेसम्म कायम रहने कम्पनीका शेयरधनीले विशेष साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४५ पैसा कायम गरेको छ।

उसले गत आवको चौथौ त्रैमासको अन्त्यसम्ममा १८ करोड १० खुद मुनाफा गरेको भएपनि त्यसबाट लाभांश वितरण नै नगरि शेयरधनीलाई हकप्रदको भारी बोकाएर उल्टै पैसा थुत्न खोज्नु रहस्यमय छ।कम्पनीको जगेडा कोषमा पनि १८ करोड रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।