आइतबार रातो मछेन्द्रनाथको जात्रा परेकोले नेप्से बन्द रहेकाले शेयर कारोबार भएको थिएन।
शनिबार एक समारोहकाबीच प्राप्ती सम्वन्धी सम्झौतापत्रमा ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जन र बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठले हस्ताक्षर गरेका थिए।
प्राइम कर्मर्सियल बैंक केहि दिन अघि कन्काई विकास बैंकलाई समेत एक्विजिशन गर्ने सम्झौता गरेको छ।
ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ। समस्याग्रस्त संस्थाबाट फुकुवा भएको ललितपुर फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड १८ लाख रुपैयाँ खुद नोक्सानीमा छ।
फाइनान्सको निष्कृय कर्जा अनुपात ७५.३३ प्रतिशत रहेकोले प्राइमले २० देखि २५ प्रतिशत स्वाप दिने बुझिएको छ।