२२ अर्बको बैंक बन्न प्राईमले चलायो वाणिज्य बैंकसहित दर्जन संस्थासँग छलफल

Jun 10, 2019 Merolagani

प्राइम कमर्सियल बैंक (PCBL) को आइतबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले बैंकको अधिकृत पूँजी १० अर्बबाट २२ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ। २२ अर्बको लक्ष्य पछ्याउने क्रममै बैंकले चार दिनको फरकमा दुई वित्तीय संस्था प्राप्ति गर्ने समझदारी गरेको छ भने झण्डै एक दर्जन संस्थासँग छलफल थालेको छ।

 साधारण सभाबाट गतबर्षको १६ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड पुगेको छ ।

यसै साता प्राईमले कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई गाभ्ने सहमति गरेको छ । कन्काई विकास बैंकको ५१ करोड ५० लाख तथा समस्याग्रस्त संस्थाबाट फुकुवा भएको ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ। शेयर स्वाप रेसियो भने डिडिएबाट तय हुनेछ । यी दुई बैंक खरिदपछि बैंकको चुक्तापूँजी कम्तिमा ९ अर्ब ७० करोड पुग्नेछ ।

दर्जन बढी संस्थासँग छलफल 

पोखराको ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया भाडिएपछि राष्ट्र बैंकको चेपुवामा परेको बैंकले तत्काल कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाइ गाभ्ने सहमति गरेर कारबाहीबाट जोगिएको छ । यो सँगै बैंकले झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने (मर्जर) र प्राप्ति (एक्वायर) का लागि छलफललाई तिब्रता समेत दिएको छ ।

बैंकका नव निर्वाचित एक संचालकले २२ अर्बको बैंक बन्ने लक्ष्यमा रहेको बताउँदै मर्जर तथा प्राप्तिका लागि केहि संस्थाहरुसँग कुराकानीको क्रम बढेको मेरोलगानीलाई जानकारी दिए । आधा दर्जन बढी विकास बैंक र फाइनान्स कम्पनीहरुलाई खरिद गर्ने र केहि वाणिज्य बैंकहरुसँग मर्जरमा जाने विषयमा पनि कुराकानी भईरहेको ती संचालकले बताए ।

प्राईमका ती संचालकले भने, उपत्यका बाहिरको एक बिकास बैंकसँग हामी समझदारी नजिक पुगेका छौ, आज भोलि नै सम्झौता हुनसक्छ । 

स्रोतका अनुसार प्राईमले एक बाणिज्य बैंकसँग लगातार छलफल चलाईरहेको छ भने कञ्चन डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, ज्योति विकास बैंक, गण्डकी विकास बैंक, लुम्बिनी विकास बैंक, मन्जुश्री फाईनान्स, सेन्ट्रल फाईनान्स, सिन्धु विकास बैंक, कम्युनिटी डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्स, वेष्ट फाइनान्स तथा रिलायन्स फाइनान्स लगायतका कम्पनीसँग छलफल भईरहेको बैंक स्रोतको भनाई छ ।  

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ठूला बैंक मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्दे कर छुटको समय एक वर्ष थप गरेकाले पनि बैंकहरुबीचको मर्जरको क्रम बढ्ने देखिन्छ । यस्तै आगामी वर्षको मौद्रीक नीतिमा केन्द्रीय बैंकले मर्जरका लागि विशेष योजना ल्याउने तयारी गरेको छ । अर्कातर्फ राष्ट्र बैंकले समस्याग्रस्त र यस्तो अवस्थाबाट सुदृदै गरेका वित्तीय संस्थालाई उठाउन ठूला बैंकहरुलाई दबाव समेत दिदै आएको छ । प्राइमले ललितपुर फाइनान्स खरिद गर्ने सम्झौता गर्नुको एक कारण यो पनि हो ।

राष्ट्र बैंकले तोकेको चुक्तापूँजी आठ अर्ब पुर्याउने क्रममा यसअघि प्राइमले विराटनगरको विराटलक्ष्मी विकास बैंक र बनेपाको कन्ट्री डेभलपमेन्ट बैंक खरिद गरेको थियो । प्राइम बैंकले बिराटलक्ष्मीका शेयरधनीलाई एक सय कित्ता बराबर ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीलाई एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर दिएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।