जीवन बीमा कम्पनीहरुलाई असार लाग्ने बेलामा पूँजी बृद्धिको चटारो

Jun 11, 2019 merolagani

चालु आर्थिक बर्षको अन्तिम महिना शुरु हुनै लाग्दा जीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धिको चटारोले छोपेको छ । नेपाल लाईफ र नेशनल लाईफले पहिले नै तोकिए भन्दा बढी पूँजी पुर्याएर  ढुक्कले बस्दा अरु पाँच वटा कम्पनीलाई भने भ्याई नभ्याई छ । 

बीमा समितिले यही असार मसान्त भित्र जीवन बीमाले दुई अर्ब र निर्जिवन बीमाले एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने गरी तोकेको छ ।

 

नेपाल लाइफको ५ अर्ब ४९ करोड र नेशलन लाइफको ३ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरेर पहिले नै ढुक्क भई बसेका छन् ।  पाँच मध्ये एशियन लाईफले ६० प्रतिशत हकप्रद बिक्री गरेको पूँजी कायम गर्ने क्रममा हकप्रदमा नबिकेको शेयर लिलामको अन्तिम चरणमा छ । 

एलआईसी नेपालले ३४.४६ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनस वितरण पछि एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ पुग्नेछ ।

यस्तै  गुराँस लाइफ र सूर्या लाइफले भने हकप्रदको बाटो रोजेका छन् । 

सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १३ करोड रुपैया छ । कम्पनीले ७० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस वितरण गरेर २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने छ ।
प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड छ । इन्स्योरेन्सले तत्काल पूँजी वृद्धिको कुनै पनि योजना अघि सारेको छैन् ।

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शेयर जारी पश्चात चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यसपछि फेरि शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई भने तत्कालको लागि पूँजी बृद्धि गर्नुपर्ने दवाब परेको छैन  । यस्तै विदेशी कम्पनी मेट लाइफ इन्स्योरेन्सले पनि पूँजी बृद्धिको कुनैपनि योजना सर्वजनिक गरेको छैन ।

नयाँ १० जीवन बीमा कम्पनीहरुलाई यस आर्थिक बर्ष भित्र पूँजी पुर्याउनुपर्ने बाध्यता छैन । उनीहरुले आगामी आर्थिक बर्षमा ३० प्रतिशत आईपीओ बिक्री गरेर दुई अर्ब चुक्ता पूँजी कायम गर्नेछन् । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।