कस्ता कम्पनीमा लगानी गर्ने, कस्तामा नगर्ने ? (सुरक्षित लगानी गर्ने सुत्रसहित)

Jun 11, 2019 Merolagani

-तिलक कोइराला।
दोस्रो बजारमा सस्ता तर राम्रा कम्पनीमा लाभांशमा आधारित लगानी गर्नु भएको छ भने कहिल्यै आत्तिनु पर्दैन, चाहे नेप्से घटोस वा बढोस्।

नेप्से कतिले बढ्ला वा घट्ला हैन, कस्ता कम्पनीमा लगानी गर्दा बढी प्रतिफल हाँसिल हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर लगानी विविधिकरण गर्नु भयो भने कहिल्यै पछुताउनु पर्दैन ।

सस्ता तर राम्रा कम्पनी यसरी छानेर ढुक्कसाथ लगानी गर्नुहोस् ।

शेयर किन्नु पर्ने कम्पनीमा यस्तो विशेषता हुनैपर्छ

  • कम्पनीको पूँजी आधार बलियो छ
  • कम्पनीले आफ्नो ब्यवसाय विस्तार गर्दै आएको छ
  • थप ब्यवसाय विस्तारको संभावना छ
  • खुद नाफा गत वर्ष भन्दा बढेको छ
  • चुक्ता पूँजीकै हाराहारीमा वा बलियो जगेडा कोष छ
  • पूँजीगत जगेडा कोष पनि बलियो छ
  • कम्पनीको संस्थागत सुशासन राम्रो छ र संस्थापकहरु राम्रा छन्
  • गत वर्षदेखि नै लाभांश दिदै आएको छ
  • गत वर्ष भन्दा लाभांश दर बढाएको छ
  • नियमनकारी निकायले तोकेको न्युनतम चुक्ता पूँजी कायम गरेको छ 
  • प्रति शेयर आम्दानी १५ रुपैयाँ भन्दा माथि छ
  • मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल छ 
  • शेयरको मूल्य प्रति शेयर नेटवर्थकै हाराहारीमा वा तल छ 
  • निस्क्रिय कर्जा अनुपात तीन प्रतिशत भन्दा कम छ 
  • धेरै शेयरधनीको हातमा शेयर छ

माथि उल्लेखित मध्ये ७५ प्रतिशत कुराहरु मेल नखाने कम्पनीको शेयरमा लगानी गर्ने हुन्न । तर राम्रा कम्पनी छान्दा पनि एउटै कम्पनी नछानी कम्तिमा १० वटा कम्पनीमा लगानी विविधिकरण गर्नुपर्छ । यसो हुँदा एउटा खराब भए वा बिग्रिए पनि अरुले जोखिमबाट बचाउँछ ।

शेयरमा लगानी गर्नै नहुने कम्पनी:-

  • चुक्ता पूँजी धेरै तर जगेडा कोष रित्तो भएको कम्पनी
  • संचित घाटामा रहेको कम्पनी
  • पूँजीगत जगेडा कोष नभएको कम्पनी
  • ब्यवसाय बिस्तार नभएको कम्पनी
  • अघिल्लो र गत बर्ष लाभांश नदिएको कम्पनी
  • नाम मात्रको प्रति शेयर आम्दानी भएको कम्पनी
  • मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा धेरै बढी रहेको कम्पनी
  • संस्थापकहरु खराब वा शंकाष्पद र सुशासन नभएको कम्पनी
  • निस्क्रिय कर्जा अनुपात तीन प्रतिशत भन्दा बढी रहेका कम्पनी
  • बारम्बार नियमनकारी निकायको कारबाहीमा पर्ने कम्पनी
  • धेरै जोखिमपूर्ण कारोबार गर्ने कम्पनी
  • मुद्धा र विवादले घेरिएको कम्पनी
  • थोरै ब्यक्तिहरुको मात्र शेयर रहेको कम्पनी
  • शेयर कर्नरिड. भईरहेको कम्पनी
  • अरुले शेयर किन्न उक्साईरहेको कम्पनी

खराब अबस्था पार गरी सुध्रिएको कम्पनीले लाभांश वितरण गर्न थाल्दा भने सस्तो शेयर मूल्यमा लगानी गर्दा हुन्छ ।

लाभांशमा आधारित लगानी नै गर्नुहोस् तर कुनै कारणले शेयरको मूल्य माथि गयो भने बेचेर फाईदा सुरक्षित गर्न पनि नचुक्नुहोस् । आफ्नो जोखिमबहन क्षमता हेरी कम्तिमा ३ बर्षका लागि लगानी गर्नुपर्छ तर कुनै कारणले शेयरको मूल्य छोटो समयमा ३० देखि ४० प्रतिशत बढ्यो भने बिक्री गरेर बाहिर पनि निस्कन सकिन्छ । 

याद गर्नुपर्छ कि आफुले धारण गरेको शेयरको मूल्य सधैं बढिरहँदैन र घटेर सुन्यमा पनि पुग्दैन । घटबढ भई नै रहन्छ । शेयरको मूल्य घटाई र बढाई नै शेयर बजारको जीवन हो, यसैमा अभ्यस्त हुन सिक्नुपर्छ तर तनावरहित हिसाबले दीर्घकालीन लगानी गरिएको अबस्थामा बजारमा हुने दैनिक घटबढ्लाई वास्ता नगर्नु नै वेस हुन्छ ।

शेयर बजारमा धेरै कम्पनीहरुको शेयरको मूल्य घटेर लगानीकर्ताहरुको भागाभाग भएका  बेला राम्रो तर सस्तो कम्पनीको शेयरहरु हिम्मत गरेर किन्दै जाने हो र बिक्री गर्न परेको अबस्थामा शेयर बजारमा धेरै कम्पनीहको  शेयरको मूल्य बढेर अरुले किन्ने होडबाजी गरेको बेलामा बेच्ने हो तर यसो गर्न लगानीकर्तामा अदम्य साहस र लोभमुक्त सोच चाहिन्छ । 

लगानी गर्ने भन्दैमा एकैचोटी भए भरको पैसा बजारमा नखन्याउनुहोस् , शेयर बजारमा सस्तोमा राम्रो कम्पनीको शेयरमा लगानी गरेर फाईदा लिने अवसर जहिले पनि आईरहन्छ । आफ्नै अध्ययन विश्लेषणले लगानी गर्नु एकदम आबश्यक छ, अरुको लहै लहैमा लाग्नेहरु फस्ने संभावना धेरै हुन्छ ।

बजार तपाईको सोच अनुसार चल्दैन, बजारको लय अनुसार चल्न जान्यो भने मात्रै सुरक्षित भईन्छ । बजारलाई आफ्नो चाहना अनुसार चलाउने मुर्खता नगर्नुहोस्।  

फालानाले यति कमायो रे भन्ने कुरामा नहौसिनुहोस्, शेयर बजारबाट गुमाउँने खतरा पनि उत्तिकै हुन्छ । गुमाएका कथाहरु कमै मात्र ब्यत्तिहरुलेबाहिर ल्याउँछन् । हरदम याद गर्नुहोस्, शेयर बजार जोखिमको क्षेत्र हो । सुरक्षित लगानीमै ध्यान दिनुपर्छ ।

प्राथमिक बजार अर्थात आईपीओ र दोस्रो बजार दुबैमा जोखिम हुन्छ । जान्यो भने  दोस्रो बजारबाट पनि राम्रो फाईदा लिन सकिन्छ भन्ने कुरालाई शेयर बजारमा प्रबेश गर्नेहरुले ख्याल गर्नेपर्छ । शेयर बजार समुन्द्र हो, जहाँबाट जत्ति ग्रागी पानी उभाए पनि रित्तिदैन। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।