रिलायन्स फाइनान्स पनि मर्जरमा जाने, दुई आर्थिक वर्षको लाभांश पारित

Jun 11, 2019 merolagani

रिलायन्स फाइनान्स (RLFL) को जेष्ठ २७ गते एकसाथ सम्पन्न आठौं र नवौं वार्षिक साधारण सभाले अन्य संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ ।

दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गरेको फाइनान्सले कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा विलय (एक्विजिसन) गर्न संचालक समितिलाई अख्तियारी दिएको छ ।

साथै फाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को संचित मुनाफाबाट कुल चुक्ता पूँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अघिल्लो बर्ष ४५ प्रतिशत हकप्रद बिक्री गरेको कम्पनीको हकप्रद र बोनस पश्चात चुक्ता पूँजी ८३ करोड २४ लाख पुगेको छ ।

यस्तै आव २०७४/०७५ को मुनाफाबाट तत्पश्चात कायम चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँको २.६३ प्रतिशत अर्थात २ करोड १९ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गराएको छ ।

यसैगरी साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको समुहबाट ३ प्रतिनिधित्व गर्ने गरी ६ जना संचालकको चयन गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।