उक्त सम्झौतापत्रमा जेठ २८ गते मंगलबार फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र हस्पिटलका सदस्य सचिव कार्यकारी व्यवस्थापन समितिका रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार फाइनान्सका डेबिट कार्ड बाहक ग्राहक, कर्मचारी एवं कर्मचारीका परिवारहरुलाई ब्लू क्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ।