ज्योति लाईफ र काठमाडौं ग्रुप अफ होटल्स बीच सेवा सम्झौता

Jun 11, 2019 Merolagani

ज्योति लाईफ इन्स्योरेन्सले काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौंसँग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ।

कम्पनीले आफ्नो ग्राहकहरुलाई बीमा सेवाकाअतिरिक्तअन्य सेवा सुविधा विस्तार गर्ने क्रममा उक्त सम्झौतामा सो सम्झौता गरेको हो।

सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिनेछ।

उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जालभित्र आबद्ध भएका देशकाविभिन्न स्थानमा रहेका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु काठमाडौं ग्रुपअफहोटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज (चितवन) गरी विभिन्न स्थानहरुमा अवस्थित सात वटा होटल तथा रिसोर्टहरुमा प्राप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।