ग्रामीण विकास लघुवित्तले बैशाख २७ गते देखि दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ। हकप्रदमा चैत २८ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।
एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगानखेल ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामिण विकास लघुवित्तको शााखा कार्यालयहरु विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । यसैगरि मेरो शेयरबाट समेत हकप्रद भर्न सकिनेछ ।
हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४७ पैसा कायम गरेको छ ।
जेठ २८ गते मंगलबार कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ ।