युनियन हाइड्रोपावरको 'UNHPL' संकेतमा शेयर कारोबार सुरु, यस्तो छ ओपनिङ्ग रेञ्ज

Jun 12, 2019 Merolagani

युनियन हाइड्रोपावर लिमिटेडको जेठ २९ गते बुधबारदेखि नेप्सेमा शेयर कारोबार सुरु भएको छ। कम्पनीले मंगलबार आईपिओ सहित कूल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेसँगै बुधबारबाट कारोबार सुरु भएको हो।

नेप्सेले कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारका लागि युएनएचपिएल (UNHPL) संकेत दिएको छ। बुधबारदेखि यहि सिम्बोलमा कम्पनीको शेयर खरिद बिक्री हुँदैछ।

कम्पनीले गत चैत्रमा आइपीओ जारी गरेको थियो। कम्पनीले चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो।

यस्तै कम्पनीको शेयरका कारोबारका लागि नेप्सेले न्यूनतम नेटवर्थ ७९ रुपैयाँ ८२ पैसादेखि अधिकतम नेटवर्थको तीन गुणा अर्थात २३९ रुपैयाँ ४७ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ।

बुधबार यही रेञ्जभित्र रहेर कम्पनीको शेयर खरिद बिक्री हुनेछ। बुधबार साडे १० देखि १५ मिनेट अवधिमा प्रिओपन सेसनमा कारोबार भएमा बुधबार शेयर खरिद बिक्री हुनेछ भने सो समयमा नभए बिहीबार मात्रै शेयर कारोबर हुन्छ ।

युनियन हाइड्रोपावर चैत १३ गतेदेखि ३५ लाख ३४ हजार ३४० कित्ता प्रथामिक शेयर जारी गरेको थियो।

कम्पनीको आईपिओमा लगानीकर्ताले माग अनुसार शेयर पाए भने १ लाख २३ हजार कित्ता शेयर अण्डरराइटरको सकारेका थिए।

कम्पनीको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ७५ करोड र चुक्ता पूँजी ३८ करोड ३७ लाख ४५ हजार रुपैयाँ रहेको छ। शेयर जारी पश्चात कम्पनीमा संस्थापक-सर्वसाधारण शेयर अनुपात क्रमश: ५१.१६६ र ४८.८३४ कायम हुनेछ ।

कम्पनीले लमजुङ जिल्लाको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरि २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ। कम्पनीले २३ मेगावाट क्षमताको मेवा खोला आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र समेत पाएको छ। कम्पनीले ३.३ मेगावाटको मिदिम खोला जलविद्युत्त आयोजना सञ्चालन गरिरहेको छ भने २३ मेगावाटको मेवा खोलाको अनुमति पाएको छ । मेवा खोला हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ छ ।

मिदिम खोला आयोजना आयोजनाको लागत बढेर ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ ।आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ छ ।

यस कम्पनीमा कार्यकारी अध्यक्ष किरण मल्लको सबैभन्दा धेरै १७ लाख ९ हजार ५०४ कित्ता र शालिकराम घिमिरेको १० लाख ४४ हजार ५०८ कित्ता शेयर स्वामित्व रहेको छ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।