कम्पनीले कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार १ गते आइतबारदेखि बुकक्लोज गर्ने भएकाले उक्त बोनस जेठ ३० गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र पाउनेछन् ।
इन्स्योरेन्सको शेयरमूल्य जेठ २९ गते बुधबार प्रतिकित्ता एक हजार ३१४ रुपैयाँमा कारोबार भएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँको बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।
बोनस पारित गर्न असार १३ गते शुक्रबार २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बोनसमा लाग्ने कर प्रस्ताव नगरेकाले कर भने भने शेयरधनी आफैँले तिर्नुपर्ने हुन्छ।
यसैगरी सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३, सर्वसाधारणबाट २, विदेशी लगानीकर्ता र स्वतन्त्र ११ जना र एक महिला सहित कूल ७ जना सञ्चालक कायम गर्ने, संस्थागत समाजिक उत्तरदायित्वको खर्च, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका मुख्य एजेण्डा छन्।
हाल कामय ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ८६ प्रतिशत बोनस पश्चात बीमा समितिले तोके बमोजिमको निर्देशन अनुरुप चुक्तापूँजी १ अर्ब १२ लाख रुपैयाँ कायम हुनेछ ।