सिद्धार्थ इन्स्योरेन्सको बोनसपश्चात शेयरमूल्य समायोजन

Jun 13, 2019 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) को जेठ ३० गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत वर्षको कमाइबाट प्रस्ताव गरेको १५.४८ प्रतिशत बोनस शेयरपश्चात शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको बोनसलाई समायोजन गरि प्रतिकित्ता ४७१ रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ। नेप्सेमा गत १८० दिनको कारोबार अनुसार कम्पनीको औसत आधारमूल्य भने ७४७ रुपैयाँ ५४ पैसा कायम भएको छ । 

बिहीबार समायोजित शेयरमूल्यलाई आधार मानेर इन्स्योरेन्सको कारोबार सुरु हुनेछ।

इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश वितरण प्रस्ताव अनुमोदनका लागि असार १३ गते १७ औं वार्षिक साधारणसभा आब्हान गरेको छ । जसको लागि कम्पनीले जेठ ३० गतेदेखि बुकक्लोज गरेको हो।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँँजी बीमा समितिले तोके बमोजिम १ अर्ब रुपैयाँ पुग्नेछ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।