बैंकहरुको निक्षेप संकलन र कर्जा प्रबाहमा यस्तो देखियो अबस्था

Jun 13, 2019 Merolagani

चालु आर्थिक वर्षको जेठ २४ गतेसम्ममा बैंकहरुले कुल २७ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २८४ अर्ब निक्षेप थपिएको छ भने ३५५ अर्ब कर्जा परिचालन गरेका छन् ।

 अहिले बैंकहरुमा २३ अर्ब मात्र लगानीयोग्य रकम रहेको छ ।  अघिल्ला बर्षहरुमा बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव हुँदा १२ अर्ब मात्र अधिक तरलता थियो ।  बैंकहरुको अन्तरबैंक ब्याजदर भने अहिले घटेर ६.४ प्रतिशतमा झरेको छ । गत साता अन्तरबैंक व्याजदर साढे ७ प्रतिशत माथि पुगेको थियो।

एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ७१ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् । 

बैंकहरुले वैशाख महिनाभर पाँच अर्ब निक्षेप उठाएर २७ अर्ब कर्जा प्रवाह गरेको पाईएको छ ।  बैंकहरुले जेठ २४ गतेसम्म ४५ अर्ब निक्षेप उठाएका छन भने १९ अर्ब कर्जा परिचालन गरेका छन् । जेठको तेस्रो साता मात्रै ११ अर्ब निक्षेप उठाएका बैंकहरुले ७ अर्ब कर्जा लगानी गरेका छन् ।

सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम केही बढाएकाले बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । तर गत वर्षको भन्दा बैंकहरुमा निक्षेप बढ्नेक्रम भने सुस्त छ । आर्थिक वर्षको सकिन एक महिना भन्दा बढी समय रहदा बैंकहरुले कर्जा विस्तारमा संयमित देखिएपनि कर्जा दिने क्रम भने रोकिएको छैन ।

बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको थियो । सिसिडि रेसियो तोकिएको सीमा भन्दा माथि पुग्ने भएपछि बैंकहरुले कर्जा विस्तारमा संयम राख्दै निक्षेप संकलनमा जोड दिएका छन् । अधिकाश वाणिज्य बैंकहरुको कर्जा पूँजी निक्षेप (सिसिडि) अनुपात ८० को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ ।

 स्रोतः नेपाल बैंकर्स संघ

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।