युनिभर्सल पावरको सञ्चालकमा रमेश प्रसाद सापकोटा चयन

Jun 13, 2019 Merolagani

युनिभर्सल पावर कम्पनी (UPCL) को सञ्चालकमा रमेश प्रसाद सापकोटालाई नियुक्त गरिएको छ। जेठ २८ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सापकोटालाई स्वतन्त्र सञ्चालक चयन गरेको हो ।

काभ्रेपलाञ्चोक अनौकोट ५, स्थायी निवासी सापकोटा नेपाल इञ्जिनियरिङ्ग परिषदमा 'क' वर्गका इलेक्ट्रिकल इन्जिनियर हुन्। 

दोलखामा ११ मेगावट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीले हालै ९३ लाख कित्ता आइपीओ बिक्री गरी फागुन १५ गते बाँडफाँड गरेको थियो।

युनिभर्सल पावर कम्पनीको जेठ २० गते सम्पन्न आव २०७४/०७५ को साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट निर बहादुर बुढाथोकी, गोकर्ण पराजुली, उत्तम ब्लोन लामा, र विनयकुमार भण्डारी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट महिला सञ्चालक लक्ष्मी पौडेल सहित प्रभुलाल अधिकारी र भोज कुमार खड्का निर्बिरोध निर्वाचित भएका थिए।

दोलखामा ११ मेगावट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीले हालै ९३ लाख कित्ता आइपीओ बिक्री गरी फागुन १५ गते बाँडफाँड गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।