रसुवामा ७८ मेगावाटको सान्जेन खोला आयोजना बन्ने, इन्भेष्टमेन्ट सहित तीन बैंकको लगानी

Jun 16, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा तीन वाणिज्य बैंकले सान्जेन खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएका छन्। ७८ मेगावाट क्षमताको यस आयोजनामा नेपाल इन्भेष्टमेन्ट, कुमारी बैंक र सिटिजन्स बैंकले लगानी गर्ने भएका हुन्।

ऋण लगानी सम्बन्धमा शुक्रबार एनआइबिएल र यसका साझेदार बैंकहरुबीच संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनामा ‘सिन्डिकेटेड फेसिलिटी’को सम्झौता भएको हो।

रन अफ रिभरमा आधारित आयोजना रसुवा जिल्लाको साञ्जेन खोलामा निर्माण हुने आयोजनामा चाइना हारबोर इन्जिनियरिङ कम्पनीद्घारा प्रवर्धित कम्पनी सालासुङगीपावर लिमिटेडले निर्माण गर्नेछ।

उक्त सान्जेन खोला आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्यूमेक प्रति सेकन्ड रहने र नेट हेड करिब १००० मिटर रहने छ । यो आयोजनाको कुल लागत १३ खर्ब २ अर्ब लागने अनुमान छ।

उक्त आयोजनामा ९२ प्रतिशत इक्विटी चाइना हर्बोर इन्जिनियरिङ कम्पनीको र ८ प्रतिशत नेपाली साझेदारहरुको रहने बताइएको छ। चाइना हार्बर कम्पनीले नेपालमा लगानी उपलब्ध गराएको साञ्जेन खोला जलविद्युत आयोजना पहिलो आयोजना हो।

कार्यक्रममा आफ्नो आयोजनाबारे जानकारी दिँदै चाइना हार्बरका मूख्य लेखापाल स्युङ शङ छ्वानले नेपालको रसुवा क्षेत्रमा पर्ने साञ्जेन खोला जलविद्युत आयोजना क्षेत्रमा सडकमार्ग, सञ्चार र विद्युतीय पूर्वाधारको निर्माण गरेबाट सुदूर क्षेत्रका मानिसलाई बाहिरी क्षेत्रसँग जोड्न र स्थानीय आर्थिक विकास र जनजीवन स्तर उकास्न मद्दत पुग्ने बताए।

हाल आयोजना वरिपरिको सडकमार्ग र सञ्चार पूर्वाधारको निर्माण कार्य सुरू गरिसकेको बताइएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।