बीरगंजलाई नेपालको आर्थिक राजधानी समेत बन्ने गरिएको छ तर सर्बसाधारणमा शेयर बजारप्रतिको चेतना कम हुँदा नाम अनुसार शेयर बजारमा बीरगंजले हिस्सेदारी जनाउँन सकेको छैन ।
शेयर बजारप्रति चासो राख्नेहरुले पनि कम्पनीहरुको प्राथमिक शेयरमा बढी लगानी गर्ने गरेको, हकप्रद र बोनस शेयर जारी गर्ने कम्पनीहरुमा झुम्मिने गरेको देखिएको छ ।
पर्साबाट हितग्राही खाता खोल्ने सर्बसाधारणको संख्या २० हजार नाघेको भए पनि दोस्रो बजारमा उनीहरुको सहभागिता अत्यन्त कम छ ।
वीरगञ्जबासीहरुलाई शेयर बजारप्रति जागरुक बनाउने उद्देश्यले जेठ ३२ गते शनिबार शेयर तालिम आयोजना गरियो ।
वीरगञ्ज उद्योग बाणिज्य संघ, माईन्ड्स नेपाल र नासा सेक्युरिटिज, ब्रोकर नं ५८ को संयूक्त आायोजनामा भएको शेयर तालिममा एक सय जना स्थानीयले शेयर बजारमा प्रबेश गर्ने बारेमा गहिरो चासो देखाए ।
तालिममा प्रशिक्षकहरु संतोषराज बजगाई लगायतले शेयर बजारमा लगानी गरी फाईदा लिने बारेमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए । तालिममा सरकारी जागिरे, युवा र बिद्यार्थीहरुको बाहुल्यता थियो ।
नासा सेक्युरिटिजले वीरगञ्ज आदर्शनगरमा शाखा स्थापना गरी स्थानीयलाई शेयर किनबेच र निक्षेप सदस्यको सुविधा प्रदान गर्दै आएको छ ।
बीरगंजमा प्राईमो सेक्युरिटिज ब्रोकर नं १६ ले पनि शाखा स्थापना गरी लगानीकर्तालाई किनबेचको सुविधा प्रदान गरिरहेको छ ।