लघुवित्त सञ्चालक समितिको जेठ २२ गते सम्पन्न १३३ औं बैठकले हकप्रद निष्काशनका लागि कम्पनीले असार २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) को मिति तोकेकाले यसअनुसार असार १ गते आइतबारसम्म कायम रहने लघुवित्तका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।
गत बिहीबार लघुवित्तको शेयरमूल्य प्रतिकित्ता एक हजार ८०४ रुपैयाँमा कारोबार भएको छ।
कम्पनीले असार १२ गतेदेखि एक बराबर एक अनुपातमा २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ।
लघुवित्तले हकप्रद जारी गर्न बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ।
हकप्रदमा जनउत्थान सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय बुटवल तथा शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत तथा मेरो शेयरबाट समेत हकप्रदमा आवेदन दिन सकिन्छ। आवेदन दिने अन्तिम दिन साउन १५ गतेसम्म रहेको छ।
लघुवित्तको २०७४ पुस ३० गते सम्पन्न सातौ वार्षिक साधारण सभाले चुक्ता पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सो हकप्रद धितोपत्र बोर्डबाट २०७५ जेठ ५ गते स्वीकृत भएको थियो।
लघुवित्तले गत आव २०७४/०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात हकप्रदपश्चात १० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।
हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ। हकप्रद र बोनसपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा कायम गरेको छ।