'जलविद्युत आयोजनाहरुको पिपिएको काम रोकिएको छैन': विद्युत नियमन आयोग

Jun 16, 2019 Merolagani

विद्युत नियमन आयोगले नयाँ जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता (पिपिए) नरोकिएको प्रष्ट पारेको छ। आयोगले विद्युत प्राधिकरणलाई पिपिए रोक्न निर्देशन दिएको भन्ने हल्ला निराधार भएको प्रष्ट पारेको छ।

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले मेरोलगानीसँगको कुराकानीमा पिपिएको काम नरोकिएको बताए।

विद्युत खरीद सम्झौता सम्बन्धी सम्पूर्ण काम नेपाल विद्युत प्राधिकरणले गर्ने र आयोगले सहमति मात्र प्रदान गर्ने सिंहले प्रष्ट पारे । 

निजी क्षेत्रका केहि संस्थाहरुले विद्युत खरीद सम्झौता (पिपिए) रोकिएको भन्ने हल्ला गरेको पाइएको छ। त्यस्तो कदापि होईन, सिंहले भने।

सिहंले भने , 'पिपिए गर्ने निकाय विद्युत नियमन आयोग होईन, पिपिए गर्ने काम प्राधिकरणको हो। उसले पिपिए गर्नलाई आवश्यक डकुमेन्ट उत्पादकहरुसँगबाट लिन्छ र सबै प्रक्रिया पूरा गरेपछि अन्त्यमा आयोगमा सहमतिका लागि पठाउँछ । प्राप्त डकुमेन्टहरु हेरेर ठिक छ वा छैन, निक्र्यौल गरेर सहमति दिने मात्र हो । पिपिए गर्ने काम प्राधिकरणको हो ।'

'नेपाल सरकारको ऐन नियम अनुसार आयोग गठन भयो । यसको कार्यालय र काम कारबाहीका बिषयमा मन्त्रालयलाई अवगत गराएका थियौ । कताबाट भ्रमित भएर पिपिए रोकियाे भन्ने हल्ला चल्यो । यतिधेरै मान्छेहरु भेट्न आउनु भयो। दिनभरी उहाँहरुलाई प्रष्टिकरण दिन ठिक्क भयो । 'उनले भने ।

आयोगले सरकारको योजना अनुरुप आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसलाई पुरा गर्न सकेसम्म हामी छिटो गर्छाैै। ढिलो गर्ने कुरै छैन । हामीबाट कुनै काम रोकिँदैन, सिंहले थप प्रष्ट पारे ।

दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन र त्यसलाई आवश्यक प्रशारण लाइन निर्माणका लागि झण्डै ५० खर्ब हाराहारी बजेट चाहिने भएकाले स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई आकर्षित गर्ने गरी  नीति बनाउनमा आयोग लागि परेको सिंहको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।