¥याडिसन होटल काठमाडौंमा 'पिज्जा र पास्ता' सेलिब्रेसन सुरु

Jun 16, 2019 merolagani

¥याडिसन होटल काठमाडौंमा १४ जुन २०१९ देखि अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन सुरु भएको छ । दुई सातासम्म चल्ने प्रोमोशन प्रत्येक दिन बेलुका साढे ६ बजे देखि राती १०ः३० बजेसम्म वोलिभ र्गाडेन रेष्टुरेन्टमा आयोजना हुनेछ ।

“पिज्जा र पास्ता” प्रमोशनले पाहुनाहरुलाई परमपरागत इटालियन स्वादको अन्वेषण गर्ने मौका प्रदान गर्ने बताइएको छ ।

एक्सपर्टद्वारा छनोट गरिएको स्पेशल वाइन संगै ह्याण्ड क्रापटेड पिज्जा र होममेड पास्ताले खानाका पारखीहरुलाई भिन्न र स्वादिष्ठ परिकारको अनुभव दिने विश्वास होटलले लिएको छ ।

परिवार, साथी तथा व्यवसायिक जमघट गर्नेहरुले पिज्जा, पास्ता र वाइनको विशेष स्वाद लिन पाउने बताइएको छ । शुक्रबारदेखि सुरु भएको प्रोमोसन २ सातासम्म चल्ने छ ।

“पापरडिले कार्वोनरासंग र्सिम्प र लिच्ची” तथा “क्यापीलेटीसंग पोरसीनी मसरुम सस”, “पिज्जा र पास्ता”प्रमोशनमा स्पेशल आला कार्ट मेनु बाट शान्दार इटालियन भोजनको लागी वोलिभर्गाडेन विशिष्ट रोजाई हुन विश्वास लिइएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।