शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम आधा अर्ब पनि पुगेन

Jun 16, 2019 merolagani

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । यस दिन नेप्से सूचक ११.३६ अंकले घटेर १२५८.२७ अंकमा झरेकोे छ।

बजेटपछि निरन्तर ओरालो लागिरहेको बजारमा अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा आइतबार सूचक दोहारो अंकले घटेको छ भने कारोबार रकम समेत आधा अर्बमा खुम्चिएको छ ।

आइतबार नेपाल बैंकको सबैभन्दा बढि कारोबार हुँदा कारोबार रकम ४७ करोड रुपैयाँमा सिमित हुनपुग्यो । सो दिन नेपाल बैंकको २ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । शिवम सिमेन्ट र सिद्धार्थ बैंकको पनि साढे २ करोड बढिको कारोबार भएको छ । आइतबार उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ७ वटा बाणिज्य बैंक रहेका छन ।

आइतबार नेपाल एग्रो लघुवित्त र गणपति माइक्रोफाइनान्सको शेयरमुल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ भने गुराँस लघुवित्तका शेयर मुल्य पनि ४.८९ प्रतिशतले बढेको छ । त्यस्तै हिमालय उर्जाको शेयरमुल्य ४.११ प्रतिशतले उकालो लाग्दा सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्य पनि ३.८३ प्रतिशतले बढेको छ । आइतबार उच्च शेयरमुल्य बढ्ने १० कम्पनीमा ४ वटा हाइड्रोपावर कम्पनी रहेका छन ।

त्यस्तै आइतबार महिला सहयात्रा माइक्रोफाइनान्स लगायत ९ वटा लघुवित्तको शेयर मूल्य उच्च रुपले घटेको छ । महिला सहयात्रा लघुवित्तको शेयरमुल्य ७.८७ प्रतिशतले घटेको छ भने विजय लघुवित्तको शेयरमूल्य पनि ६.६० प्रतिशतले ओराले लागेको छ ।

आँखुखोला हाइड्रोपावर र लक्ष्मी लघुवित्तको शेयरमुल्य ६ प्रतिशतभन्दा बढिले ओराले लाग्दा नेश्नल माइक्रो, जनउत्थान सामुदायिक, मिथिला र सिभिल लघुवित्तको शेयरमुल्य पनि ५ प्रतिशतभन्दा बढिले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।