कर्णाली प्रदेशको बजेट यस्तो छ

Jun 16, 2019 merolagani

कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि ३४ अर्ब ३५ करोड ३४ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरेका छन् ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट २५ करोड १० लाख ४१ हजार संकलन गर्ने योजना छ ।

 

यस्तै चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहेको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार रूपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट प्राप्त हुन आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख रूपैयाँ परिचालन गर्ने जनाएको छ ।

यसै गरी समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुने अनुमान छ । त्यसबाट नपुग हुने ७५ करोड आन्तरिक ऋणबाट परिचालन गर्ने जनाइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।